ट्रम्पको उत्तर कोरिया भ्रमण तत्काल असम्भव


३१ भाद्र २०७६, मंगलवार
merlin 151369572 d1d14d57 ebe6 404b 9b4f 0c20fff362c0 articleLarge

एजेन्सी

वासिङ्टन, ३१ भदौ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उत्तर कोरिया भ्रमणको तयारी तत्कालका लागि सम्भव देखिएको छैन । उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘सम्बन्ध निकै राम्रो छ, तर म त्यसमा प्रतिक्रिया दिन चाहन्न’ ट्रम्पले पत्रकारहरुसँग भनेका छन् । उत्तर कोरियाली नेताले ट्रम्पलाई भ्रमणको निम्तो दिएको समाचार आएपछि यसबारे पत्रकारहरुले ट्रम्पको प्रतिक्रिया खोजिरहेका छन् ।

ट्रम्पले आफ्नो कोरिया भ्रमण ‘कुनै समयमा वा भविष्यमा’ हुनसक्ने प्रतिक्रिया दिएका छन् । तर किम कहिले अमेरिका आउने भन्ने कुरामा निर्भर रहने बताएका छन् । तर भ्रमणका लागि अहिले नै तयारी अवस्था नभएको उनको भनाइ थियो ।

दक्षिण कोरियाको पत्रिकाले सोमबार मात्रै उत्तरका नेता किमले ट्रम्पलाई भ्रमणको निम्तो दिएको उल्लेख गरेको छ । ट्रम्पले भने तत्कालै भ्रमण ‘सम्भवतः नहुने’ बताए । जब कि, किमले अगस्ट तेस्रो हप्ताका लागि उत्तर आउन भन्दै ट्रम्पलाई पत्र पठाएको मिडियाले जनाएका छन् ।

तर ट्रम्पले यसअघि नै किमबाट ‘सुन्दर पत्र’ आएको बताएका थिए । ट्रम्प र किमले गत वर्ष जुन महिनायता तीन पटक भेटवार्ता गरिसकेका छन् । अघिल्लो दुई भेटवार्ता औपचारिक थिए । दोस्रो भेट फेब्रुअरीमा भियतनाममा भएको थियो ।

यस्तै तेस्रो पटक जुन ३० मा दुई कोरियाको सीमास्थित गैरसैनिक क्षेत्रमा उनीहरुको भेट भएको थियो । तर तेस्रो भेटवार्तापछि धेरै पटक उत्तरले क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ । यससँगै ह्वाइट हाउस र प्योङयाङबाट विज्ञप्ति सार्वजनिक नहुँदा चौथो भेटवार्ता तत्काल अनिश्चित भएको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७