क्यूएफएक्स चेनमा ६४ शोज पाएको ‘कबड्डी ३’ को बुकिङ खुल्ला


१ आश्विन २०७६, बुधबार
kabad3

काठमाडौं, १ असोज । यही शुक्रबारबाट प्रदर्शनमा आउने यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले आफ्नो बुकिङ खुल्ला गरेको छ ।

चलचित्रले मल्टिप्लेकसमा राम्रो सोज हात पारेको छ । सबैभन्दा ठुलो क्यूएफएक्स चेनमा चलचित्रले काठमान्डौभित्र मात्र ३७ सोज पाएको छ । यसैगरी राजधानी बाहेकका ४ स्टेशनमा २७ गरी जम्मा ६४ शोज पाएको छ ।

मुस्ताङको हिमाली गाउँका थकाली समुदायको संस्कृतिलाई टिपेर चलचित्रमा घुसाएका निर्देशक रामबाबु गुरुङको यस चलचित्रले जेठ देखी सुस्ताएको बजार तताउने अपेक्षा गरिएको छ । चलचित्रले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा बोकेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना ठकुरी, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७