२०७६ असोज ६ गते सोमबारको तपाईको राशिफल


६ आश्विन २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको र ताकेको कार्य पूरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राज्यबाट मान सम्मान पाइने छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहने छ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कसै कसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ–नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिने छ । योजनानुसार सबै कार्य सफल हुँदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउँला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७