‘आयो दशैं’मा रिमा विश्वकर्मा र दिक्पाल कार्की


८ आश्विन २०७६, बुधबार
rima biswakarma

काठमाडौं, ८ असाेज ।  गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘आयो दशैं’ बोलको गीतको भक्तपुरको सल्लाघारीमा छायांकन गरिएको छ । हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको भिडियोेमा अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा  र मोडल दिक्पाल कार्कीकाे फिचर्ड छन् ।

उषा मलाहाले निर्देशन गरेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र निशान घिमिरेको सम्पादन छ । हाल सम्पादन चरणमा रहेको भिडियो आगामी शुक्रबार सार्वजनिक हुनेछ । निर्देशक मलाहाका अनुसार गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।

अमेरिकामा बस्दै आएका गायक पौडेल झन्डै एक दशकदेखि नेपाली संगीतमा सक्रिय छन् । उनले फिल्म ‘निलका“डा’, ‘पूर्णिमा’ र ‘रिजन अफ रिया’ मा पाश्र्व गायन गरिसकेका छन् । उनले हालसम्म दुई एल्बम बजारमा ल्याइसकेका छन् भने दर्जन बढी कलेक्सन एल्बममा आफ्नो स्वर दिइसकेका छन् । ‘दशैंको माहौलमा दशैं सम्बन्धी राम्रो गीत दर्शक तथा श्रोतालाई दिउ“m भनेर यो गीत तयार पारेको हु“’, गायक पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७