मेगामा गाभिने भयो गण्डकी, सम्झौता पत्रमा हस्ताक्षर


९ आश्विन २०७६, बिहीबार
Mega Gandagi Agreement

काठमाडौं, ९ असोज। मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्विजिशन गर्ने भएको छ । केही दिन यता लगातार भएको छलफल पछि दुई संस्थाबीच बुधबार एक्विजिशन गर्ने जाने गरी सहमति जुटेको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

Mega Gandaki


बुधबार दिउँसोदेखि बसेको बैठकमा अपरान्ह ४ बजे पछि सहमति जुटेको थियो । सबै विषयमा सहमति भए पछि मेगा बैंकका अध्यक्ष शाह र गण्डकी विकास बैंकका अध्यक्ष सुशील गौचनले हस्ताक्षर गरे ।

मेगा बैंक ९ वर्ष अघि स्थापना भएको ‘क’ वर्गको वाणिज्य बैंक हो भने गण्डकी राष्ट्रिय स्तरको विकास बैंक हो । मेगाको केन्द्रीय कार्यालय काठमाडौं मै छ भने गण्डकीको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ । आसार मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार  १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार  ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७