रातारात भाइरल भएकी रानुको जीवनीमा फिल्म निर्माण हुने


९ आश्विन २०७६, बिहीबार
Ranu Mandal

काठमाडौं, ९ असोज (एजेन्सी) । रेल वे स्टेशनमा गीत गाएर रातारात भाइरल भएकी रानु मण्डलको जीवनमा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ ।

गायिका लता मंगेशकरको प्यारका नगमा हैु बोलको गीत कोलकाता नजिकैको रानाघाट रेलवे स्टेसनमा गाएर भाइरल भएकी रानुको जीवनबाट प्रभावित भएर फिल्ममेकर ऋषिकेश मण्डलले बायोपिक बनाउने योजना बनाएका हुन् ।

रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए । उनले पोष्ट गरेको केही समयमा नै भिडियो भाइरल भएको थियो ।

रानुको स्वरको चौतर्फी चर्चा भयो । भिडियो भाइरल भएपछि उनीमाथि संगीत क्षेत्रका हस्तीहरुको पनि आँखा पर्यो । रानुलाई गायक तथा संगीतकार हिमेश रेशमियाले पहिलो पटक गीत गाउने अवसर दिए ।

यसअघि रानुले रेलवे स्टेशनबाट एकैपटक स्टुडियोमा बलिउड गायक हिमेश रेशमियासँग ‘तेरी मेरी हीर’ बोलको गीत गाएकी थिइन् । जसलाई दर्शकहरुले निकै रुचाइरहेका छन् । हिमेशले रानुले गाएको गीत फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’ मा पनि समावेश गर्ने बताएका थिए ।

उक्त गीत रेकर्ड भएपछि अहिले रानुको माग निकै बढिरहेको छ । बलिउड चलचित्रदेखि भोजपूरी चलचित्रका मेकरले समेत उनलाई अफर गरिरहेका छन् ।

रानु मण्डल अचानक श्रीमानको मृत्यु भएपछि रानु बेसाहारा बनेकी थिइन् । मुम्बईमा बस्दै आएकी उनी श्रीमानको मृत्यु पछि रानु आफ्नो माइती गाउँ रानाघाट फर्किइन् । फर्किएर उनले गीत गाउन सुरु गरिन । गीत गाएर नै उनी आफ्नो जीवन चलाइरहेकी थिइन ।

रानुको एक छोरी थिइन् । तर, आफ्नो बुबाको मृत्युपछि आमाले स्टेशनमा गीत गाएको उनलाई मन परेको थिएन । त्यसैले उनले आमाको साथ छोडेकी थिइन् । अहिले भिडियो भाइरल भएपछि छोरी पनि आमाको साथमा आएकी छिन् । उनलाई नायक सलमान खानले ५० लाखको घर उपहार दिएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७