प्राइम कमर्सियल बैंक र मेडिसिटी अस्पतालबीच सहकार्य


१४ श्रावण २०७६, मंगलवार
prime

काठमाडौं, ७ साउन । नेपाल मेडिसिटी र प्राइम कमर्सियल बैंक बीच सहकार्य सम्झौता भएको छ । सम्झौता अनुसार अब प्राइमका कर्मचारी र सेवाग्राहीले अस्पतालबाट विशेष छुट प्राप्त गर्ने छन् ।

भैसेपाटीमा गरिएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट नायव महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरे ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा अस्पतालले अगाडि बढाएको बताउँदै महाप्रबन्धक रिमालले आर्थिक, सामाजिक लगायतका संस्थाहरुसँग सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७