‘गोठालाको छोरा हुँ, दम्भ छैन, जीवन रहेसम्म इमानका साथ काम गर्छु’


८ पुष २०७४, शनिबार
kp oli 2

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमा कुनै पनि दम्भ नरहेको र जीवन रहेसम्म इमानका साथ काम गर्ने बताएका छन् । गोठालाको छोरामा शासकीय रवाफ नभएको उनको भनाई छ ।

kp sarma oli

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीलाई ललितपुरमा शनिबार सम्बोधन गर्दै ओलीले आफू शासक होइन सेवक हुने बताए ।  समारोहमा वक्ता रहेका कांग्रेस नेता प्रदिप गिरिले ओलीको ओलीलाई श्री ३ जत्तिकै नेता भनेपछि ओलीले त्यसमो प्रतिवाद गरे । ‘मैले प्रधानमन्त्रीबाट राजीनामा दिंदा संसदमा भनेको थिएँ– यो समयको समाप्ति होइन, समय चालु छ । त्यो मेरो मसिनो स्वरको वार्निङ थियो’ ओलीले भने, ‘मलाई अहिले प्रदिपजीले मसिनो स्वरमा वार्निङ दिनुभयो, अहंकारको कुरा गर्नुभयो । तर, म गाई भैंसी चराएर, बाख्रा चराएर हुर्किएको गाउँको ठिटो हुँ । मसँग शासकीय चरित्र छैन । मान्छेले आफूलाई शासक ठान्छन्, तर म आफूलाई सेवक ठान्छु । मेरा बा हलो जोत्ने मान्छे । म आफैं हलो जोतेर, गाई भैंसी चराएर घाँस काटेर, भकारो सोहेरेर आएको मान्छे । मेरा के अहंकार हुन्छन् रु अहंकार त घरानाका मान्छेको चरित्र हो ।’

अध्यक्ष ओलीले सत्तापक्ष र प्रतिपक्षसँग आपसमा दम्भ देखाउनु आवश्यक नरहेको बताए । भने, ‘गाई भैँसी चराएर हुर्किएको हुँ । म कोदालो खनेको मान्छे हुँ । मसँग केको दम्भ हुन्छ र ?’ उनले भने, ‘आफ्नो बारीको साग आफैं टिपेर खाने मान्छे हुँ ।’   तर, अध्यक्ष ओलीले आफूले शासक नठान्दैमा भ्रष्टाचार र कुरीतिलाई भने नसहने वताए । भने, ‘मसँग अहंकार छैन भन्दैमा करप्सनप्रति पनि म लल्लुराम होइन ।’ ओलीले चुनावी प्रतिस्पर्धामा सामेल भएपछि हारजीत राजनीतिको धर्म भएको बताए। ओलीले भने, ‘चुनावमा गएर भिडेपछि एउटा जित्ने एउटा हार्ने हुन्छ । रेफ्रीले सिठ्ठी बजाएप्छि त एउटाले अर्कालाई हान्छ । हामीले नियम नै त्यस्तो बनायौं । रिङ भित्र छिरेपछि दुईटा जित्न मिल्दैनथ्यो ।’ खेलको नियममा हार्न र जित्न तयार हुनैपर्छ । अव हामी सबै मिलेर राष्ट्रको काम गर्नु पर्छ ।’

ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य पूरा गर्नेगरी तीब्र अघि बढ्नु पर्ने र विकास नभएको दोष अरुलाई दिएर पन्छिने ठाउँ नभएको बताए । ‘संयुक्त राष्ट्रसंघको विकास लक्ष्य हामीले १३ वर्ष भित्र पूरा गर्नुपर्छ’ ओलीले भने, ‘म काम गर्दिन अनि प्रकाशमान सिंहलाई अपजस हाल्दिएँ भने बाटो बन्छ ?  लक्ष्य प्राप्त हुन्छ ? बन्दैन ।’

अध्यक्ष ओलीले किसुनजीसँग आफ्नो कुनै पनि हिसावमा तुलना हुनै नसक्ने धारणा राखे । ‘मेरो उहाँसँग कुनै रुपमा तुलना हुनै सक्दैन’ उनले भने, ‘राणा शासनबाट नयाँ युगमा प्रवेश गराउने उहाँहरु नै हो । मैले उहाँसँग संसद्मा सँगै बस्ने मौका पाएँ । साह्रै खुला व्यक्ति हुनुहुन्थ्यो ।’

ओलीले सीमित रहे पनि आफ्नो आयुको चिन्ता कहिल्यै नलिने बताए ।  ‘११ वर्षअघि किड्नी फेरेको, कहिले निमोनिया, कहिले मेनेन्जाइटिस भएर गयो–गयो भन्नेजस्तो भए पनि,’ उनले भने, ‘सबैको आयुको सिमा हुन्छ, असीमित आयु कसैको छैन, मेरो पनि आयुको सीमा छ, तर आयुको विषयमा म चिन्ता गर्दिन ।’

KP Sharma Oli 2 1
सन्तनेता कृष्णप्रसाद भट्टाराईको ९४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको वाडेगाउँमा शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्तनेताको सालिकमा माल्यार्पण गर्दै । तस्बिर :- प्रदीपराज वन्त, रासस
KP Sharma Oli 1
सन्तनेता कृष्णप्रसाद भट्टाराईको ९४औँ जन्मजयन्तीको अवसरमा ललितपुरको बाडेगाउँमा शनिबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलगायत ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७