२०७६ कार्तिक ३ गते आइतबारको तपाईको राशिफल


३ कार्तिक २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाज सेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वैदेशिक कार्य अघि बढ्ने छ । रुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । माया गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दूरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइबाट हौसला प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ठीक समयमा सही निर्णय लिन सकिने छ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पारिवारिक सद्भाव बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शंका उत्पन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ । खानपानमा ध्यान दिनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने छ । वैदेशिक क्षेत्र कमजोर हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७