किन गरे देउवाले कांग्रेस वैठकस्थलबाटै प्रधानमन्त्रीलाई फोन ?


५ कार्तिक २०७६, मंगलवार
deuwa ilo

काठमाडौं, ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस वैठकस्थलबाटै प्रधानमन्त्रीलाई गर्दै संवैधानिक परिषदको वैठकबाट कुराकानी गरेका छन् ।

सभापति देउवाले मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक चलिराखेका बेला प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् बैठक राखेका छन् ।

उक्त बैठक हुनुपूर्व देउवाले टेलिफोन गरी प्रधानमन्त्री ओलीलाई सत्ता र प्रतिपक्षको धारणा सहमतिमै बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सभापति देउवासँग द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नेतृत्व प्रदान गर्नेबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँग बालुवाटारमा भएको बैठकका कुरा सुनाउन देउवाले मंगलबार बिहान पदाधिकारी बैठक राखेका थिए ।

‘प्रधानमन्त्री ज्यूले आजका लागि संवैधानिक परिषद् बैठक बोलाउनु भएको छ । तर सम्भवत बैठक स्थगित होला,’ पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सभापति र प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्री विदेश भ्रमण सकेर स्वेदश

फर्किएपछि मात्रै संवैधानिक परिषद् बैठक बस्ने कुराकानी भएको छ ।’
सत्ता र प्रतिपक्ष सहमतिअनुसार नै द्वन्द्वकालीन मुद्दाहरू हल गर्ने र ऐन निर्माणमा टुंगोमा पुग्नुपर्ने देउवाको भनाइ थियो । ‘परिषदमा विपक्षी दलका नेता राखिनु भनेकै सत्ता र प्रतिपक्षको सहमतिमा टुङ्गोमा पुग्नुपर्छ भन्ने हो,’ प्रवक्ता शर्माले भने, ‘सहमतिमै टुङ्गोमा पुग्नुपर्छ भन्ने पार्टीको धारणा छ ।’

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्वमा सत्तापक्ष र प्रतिपक्षले ‘आफ्नो मान्छे’ दाबी गर्दै आइरहेका छन् । सात महिनादेखि यी आयोग पदाधिकारीविहीन छ ।
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजान जान लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७