२०७६ कार्तिक १३ गते बुधबारको तपाईको राशिफल


१३ कार्तिक २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पढाइ लेखाइमा प्रगति हुनेछ । पारिवारसँग रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा समस्या आउने छ । अनावश्यक झमेलामा परिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्ने छ । भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । प्रेमी–प्रेमिकाका बीच खिन्नता बढ्ने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिन्ता छाडेर चिन्तन गर्ने समय छ । बौद्धिक प्रतिष्पर्धामा विजयी भइने छ, नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाज सेवामा मन लाग्ने छ । मान प्रतिष्ठामा बृद्धि होला । क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विश्वास गरेकाले साथ दिनेछन् । राज्य बाट मान सम्मान पाइने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । धार्मिक यात्राको योग छ । शुभकार्यको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा स्फूर्ति र उमङ्ग छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समाज सेवाका कामबाट लाभ हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । मित्रताको बन्धन कसिनका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७