प्रथम श्रेणीको क्रिकेटमा कप्तान मल्लसहित ९ खेलाडीको डेब्यू


२० कार्तिक २०७६, बुधबार
nepal national cricket team 1st class

काठमाडौं, २० कात्तिक । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध प्रथम श्रेणीको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बलिङ गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज(बुधबार)बाट नेपाल भ्रमणमा रहेको एमसीसी र नेपालबीच तीनदिवसीय खेल सुरु भएको हो ।

 खेलमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । आजको खेलबाट प्रथम श्रेणीको क्रिकेटमा कप्तान ज्ञानेन्द्रसहित ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्दैछन् ।

ज्ञानेन्द्र मल्ल (कप्तान),राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेष्वाकर प्लेइङ ११ मा रहेका छन् ।

शरद भेषावकर र सोमपाल कामीले यसअघि नै प्रथम श्रेणी क्रिकेट खेलिसकेका छन् । सोमपालले सन २०१५ डिसेम्बरमा श्रीलंकाको सारकेन्स स्पोट्र्स क्लबका लागि कोलम्बो क्रिकेट क्लबविरुद्ध प्रथम श्रेणी क्रिकेट खेलेका थिए । शरदले भने यसअघि नेपालले खेलेको चारै प्रथम श्रेणी खेलमा सहभागिता जनाइ सकेका छन् ।

जितेन्द्र मुखिया,रोहित पौडेल र सुसन भारी टोली बाहिर रहेका छन् ।

खेलअघि डेब्यु गरेका खेलाडीलाई प्रशिक्षक उमेश पटवाल, व्यवस्थापक सुमन राज कार्की, सहायक प्रशिक्षक मनोज कटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र फिजियो विक्रम न्यौपानेले क्याप प्रदान गरेका थिए ।

टेस्ट बाहेकका राष्ट्रले खेल्ने दुई इनिङको प्रतियोगितालाई आइसिसीले प्रथम श्रेणीको मान्यता दिने गर्छ ।

नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७