फिल्मको संवादले विवाद : आर्यन भन्छन्, ‘पत्नीसँग शारीरिक सम्बन्ध राखिएन भने हामी अत्याचारी’


२२ कार्तिक २०७६, शुक्रबार
flim

काठमाडौं, २२ कार्तिक । कार्तिक आर्यन, अनन्या पाण्डे र भूमि पेडनेकर स्टारर ‘पति पत्नी र वो’ फिल्ममा वैवाहिक सम्बन्धबारेको संवाद विवादमा आएको छ ।

आगामी मंसिरको तेस्रो साता प्रदर्शन हुने फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकले यसको संवादमा आपत्ति जनाएका छन् ।

अभिनेता कार्तिक आर्यनले एक संवाद बोलेका छन्, जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । ट्रेलरमा कार्तिक ‘भन्छन्, पत्नीसँग शारीरिक सम्बन्धको इच्छा राखियो भने हामी भिखारी, पत्नीसँग शारीरिक सम्बन्ध राखिएन भने हामी अत्याचारी ।

अनि कुनै तरिकाले जुगाड गरेर पत्नीसँग शारीरिक सम्बन्ध राखिएछ भने पनि बलात्कारी पनि हामी हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७