आलम प्रकरणमा आश्चर्यजनक ‘ट्वीस्ट’, अख्तर विदेशबाट नफर्किएको भन्दै पत्नीको निवेदन


२२ कार्तिक २०७६, शुक्रबार
aalam 1
फाइल फोटो

रौतहट, २२ कार्तिक । बम विष्फोटका घाइतेलाई ज्यूँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा थनुछेक वहसमा पुगिरहेका बेला घटनामा आश्चर्यजनक ‘ट्वीस्ट’ देखापरेको छ ।

१२ वर्षअघि बम बिष्फोटमा मारिएको भनिएका ओसी अख्तर ज्यँदै रहेको र अहिले वैदेशिक रोजगारीका लागि गएपछि नफर्किएको दावी गर्दै अख्तरकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेपछि घटनामा नयाँ मोड आएको छ ।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस चलिरहेका बेला मारिएका भनिएकामध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको रौतहट अदालत स्रोतले जनाएको छ ।

ओसी अख्तर र त्रिलोकसिंह बम बिष्फोटमा घाइते भएपछि ज्यूँदै इँटाभट्टामा हालेर हत्या गरिएको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो ।

तर, घटनामाथिको थुनछेक बसह अन्तिम चरणमा पुगेका बेला आफ्नो पति नमारिएको बरु वैदेशिक रोजगारीमा गएपछि नफर्किएको दावीसहितको निवेदन लिएर अमना खातुन अदालत पुगेपछि यसलाई आश्चर्य र शंकाको दृष्टिले समेत हेरिएको छ ।

अहिले जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस चलिरहेके छ । बहसका लागि रौतहटमा रहेका सहन्यायाधीवक्ता सूर्य दाहालले निवेदन इजलासमा दिन एक महिला आएको पुष्टि गरेका छन् ।

‘सरकारी वकिलले बहस गर्दागर्दै होस्टायल हुने खालको निवेदन लिएर एक व्यक्ति आएका थिए, हामीले त्यस्तो निवेदन स्वीकार गर्न कानुनले नदिने बतायौंं,’ दाहालले भने, ‘त्यसपछि न्यायाधीशले पनि उक्त निवेदन पछि हेर्ने अहिले नहेर्ने बताउनु भयो ।’

यता आलमका विरूद्ध जाहेरी दिने परिवार, साक्षीलगायतलाई उनका मानिसहरूले डरधम्की र प्रलोभन देखाइरहेको स्थानीय स्रोतले जानकारी गराएको छ । ‘पैसा जग्गा र नभए धम्की दिने प्रलोभन आलमका मानिसहरूले दिन थालेको स्रोतको भनाई छ । स्रोतले भन्यो, ‘आलमको थुनछेक बहस शुरू भएपछि साक्षीहरू डराउन थालेका छन् ।’ तर रौतहट प्रहरी कार्यालयले साक्षीहरुको सुरक्षामा कुनै कमी नरहेकाो स्पष्ट पारेको छ ।

बम विष्फोटका घाइतेले उपचारको सट्टा वेहोस बनाउने सुई लगाएर इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई लागेको छ । आलम पक्राउ परे पनि अरू सबै फरार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७