इलाम–२ का कांग्रेस उम्मेदवार डम्बर खड्काले गरे मतदान


१५ बैशाख २०८१, शनिबार
dambar

इलाम । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम क्षेत्र–२ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदान गरेका छन् ।

इलाम–२ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस ‘क’ केन्द्रबाट केही बेरअघि मतदान गरेका हुन् । इलाम २ मा कांग्रेसका खड्का, एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

०७९ मा भएको निर्वाचनमा कांग्रेस नेता खड्का एमाले नेता सुवास नेम्वाङसँग जम्मा ११४ मतान्तरले पराजित बनेका थिए । त्यतिबेला नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए । एमालेले इलाम–२ को उपनिर्वाचनमा सुवासका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७