नेपाल १० विकेटले पराजित


२५ कार्तिक २०७६, सोमबार
u 19 Cricket

काठमाडौं,२५ कात्तिक । नेपाली राष्ट्रिय यू१९ टोली भारतको यू १९ सी टोलीसँग च्यालेन्जस सिरिजको पहिलो खेलमा १० विकेटले पराजित भएको छ ।

सोमबार नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतको यू१९ सी ले २१.१ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा ओपनर दिव्यांश अजय कुमार सक्सेना ५२ र अर्जुन अजाद ६७ रनमा अविजित रहे । सक्सेनाले ६० बलमा ५ चौका प्रहार गरे । अर्जुनले ६७ बलमा ९ चौका र १ छक्का गर्दै सहज जित पक्का गरे । नेपालले ६ बलर प्रयोग गरेपनि कुनै विकेट हात पार्न सकेन ।

टस जितेर ब्याटिङ थालेको नेपाल ३२.१ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वाधिक २६ रन जोडे। दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।

शेर मल्लले २६ बलमा १ चौका सहित १६ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे । भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले २-२ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७