३५ जिल्लामा उपनिर्वाचन, ४८ पदका लागि २८१ जनाको उम्मेद्वारी

स्वतन्त्र उम्मेद्वार ६४, महिला उम्मेद्वारको संख्या २६


२८ कार्तिक २०७६, बिहीबार
election 2

काठमाडौं, २८ कार्तिक । आउँदो मंसिर १४ गतेको स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेद्वारहरुले हिजो मनोनयनपत्र दर्ता गरेका हुन् ।

३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गमा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–एक, गाउँपालिकाका अध्यक्ष–तीन, गाउँपालिकाका उपाध्यक्ष–एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ छ ।

आयोगले उपमहानगरपालिकाको प्रमुखका लागि पाँच लाख ५० हजार, वडाध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार र वडाध्यक्षका लागि एक लाख ५० हजार प्रचारप्रसार खर्च सीमा निर्धारण गरेको छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७