आमा-छोरीको कृति तथा गीति भिडियो सार्वजनिक


३० कार्तिक २०७६, शनिबार
IMG 8384 scaled

काठमाडौं,३० कात्तिक । उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तकको शनिवार संयुक्तरुपमा विमोचन गरेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपाल लगायतका स्रष्टाहरुले आमाछोरीको पुस्तक ‘नारी तिमी हारेकी छैनौं’ र छोरी संविदाको सृजना ‘नवपल्लव’ पुस्तक संयुक्त लोकार्पण गरेका छन् ।

सोही कार्यक्रममा उनीहरुकै संयुक्त गायनको ‘तिमी पाएरै’ गिती भिडियो पनि सार्वजानिक गरिएको छ । प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको यसअघि प्रकाशित लेखहरुको सँगाले ‘नारी, तिमी हारेकी छैनौं’ र छोरी संविदाको सृजना ‘नवपल्लव’ नामक पुस्तक मार्फत सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास जनाए।

कार्यक्रममा डा. गोविन्द भट्टराई, डा. शैलेन्दु्रप्रकास नेपाल, लक्ष्मी उप्रेती, डा. गिता त्रिपाठी, ज्ञानु अधिकारी, यशोधरा पन्त लगायतका स्रष्टाहरुले पुस्तकको समीक्षा गर्दै थपलियाले आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतीलाई पुस्तकमा समेटेको बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७