ला लिगमा बार्सिलोनाको जित


७ मंसिर २०७६, शनिबार
la scaled

काठमाडौं, ७ मंसिर । स्पेनिस ला लिगमा बार्सिलोनाले पहिलो हाफमा पछि परेको स्थिति उल्टाउदै लेगानेसमाथि २(१ गोलको जित हात पारेको छ।

लेगानेसका इन न्यास्रीले खेलको १२ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि लुइस सुआरेजले ५३ मिनेटमा हेडमार्फल गोल गरेर खेललाई बराबरीमा ल्याए।


सब्सिच्युट खेलाडी अर्टुरो भिदालले ७९ मिनेटमा गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो।जितपछि शीर्ष स्थानको बार्सिलोनाले १३ खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानको रियल म्याड्रिडले एक खेल कम खेल्दा २५ अंक बटुलेको छ। रियलले शनिबार राति रियल सोसिडाडविरुद्ध खेल्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७