नेपाली कथानक चलचित्र ‘बल्छी धुर्बे’ को शुभ साइत


१२ मंसिर २०७६, बिहीबार
Balchi Dhurbe

काठमाडौं, १२ मंसिर । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘बल्छी धुव्रे’ को आज शुभ मूर्हुत गरिएको छ ।

आज महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गर्दै चलचित्रको घोषणा गरिएको छ । चलचित्रको छायाँकन काठमाडौंलगायत नेपालका विभिन्न स्थानहरुमा गरिने सो कार्यक्रममा जानकारी दिइएको छ ।

चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा , सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुनमगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दिपक भण्डारीलगायतको मुख्य भूमिका छ ।

चलचित्रमा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छन् । केदार मल्लको लेखन तथा निर्देशन, शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवम राजेशकुमार श्रेष्ठ, संजय हमालको एरेन्जमा रहेको गीत चलचित्रमा समावेश गरिने भएको छ । चलचित्रमा दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७