यी हुन् सागमा कीर्तिमान बनाउने १२ बर्षीय पाैडीबाज


१९ मंसिर २०७६, बिहीबार
Duwana swimming Siver medal 1

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पौडीमा १२ वर्षीय डुआना लामाले रजत पदक जितेकी छिन् । उनले महिला २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा डुआनाले नेपाललाई रजत पदक दिलाएकी हुन् ।

उनले नेपालका लागि रजत पदक मात्र जितिनन्, राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल भइन् । उनले आफ्नै कीर्तिमान तोडिन् र नयाँ कीर्तिमान कायम गरिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमानमा बनाएकी थिइन् ।

डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उनीभन्दा अगाडि भारतकी अपेक्षा फर्नान्डेसले २ घण्टा ३८.०५ सेकेन्डमा निर्धारित दुरी पुरा गरेकी थिइन् ।

त्यसअघि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै आज २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गरिन् ।

गौरिका रचिन् इतिहास
यस्तै पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचिन् । यससँगै गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छिन् । ।

गौरिकाले आफ्नो स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । भारतकि शिवांगी शर्मा २ मिनेट ७.१९ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । बंगलादेशकी जुनायाना अहमदले २ मिनेट १२.८३ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

यो पनि पढ्नुहोस्  
स्वर्ण जित्दै निमाले बनाइन् नयाँ इतिहास
उसुका अभागी खेलाडी पदम

नेपालले अहिलेसम्म प्राप्त पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई





प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७