भोलि सकिँदै साग, यसरी हुनेछ समापन

फुुटबल फाइनलका दर्शकले साग समापन समारोह पनि हेर्न पाउने


२३ मंसिर २०७६, सोमबार
ramesh kumar silawal

काठमाडौं, २३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) मुल आयोजक कमिटीका सदस्यसचिव रमेशकुमार सिलवालले जारी साग आयोजनाबाट आफूले पूर्णरुपमा सन्तुष्टि प्राप्त गरेको बताएका छ्न् ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले साग आयोजनाबाट आफूले पूर्णरुपमा सन्तुष्टि प्राप्त गरेको भन्दै बाँकी मूल्याङ्कन गर्ने जिम्मा सञ्चारमाध्यमको भएको बताए ।

डिसेम्बर १ मा सुरु भएको १३औं सागको भोलि मंगलबार हुने समापन समारोहलाई पछिल्ला दिनभन्दा पनि व्यवस्थित बनाउने उनले बताए । त्यसका लागि उत्तरी प्यारापिटको १२ हजार सिटमध्ये ८ हजार तथा दक्षिणी प्यारापिटमा पनि २ हजार सिटमध्ये १ हजारमात्र टिकट बेचेको उनले बताए । सबै टिकट बिक्रि भइसकेकाे छ ।

समापनको दिन सबै दर्शकहरुले आर्मीको गेटबाट मात्र प्रवेश पाउने बताए । उनले फुटबलका पूर्व राष्ट्रिय खेलाडी, अन्य खेलका अन्तर्रा्ष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायनका लागि रंगशालामा सम्मानजनक प्रवेश तथा बसाइको व्यवस्था गरिने बताए ।

सदस्यसचिव सिलवालका अनुसार उदघाटन समारोह अघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल हुनेछ । फाइनल हेर्न आउने दर्शक समापन समारोह पनि हेर्न पाउनेछ ।

त्यसअघि दिउसो १२ बजे सांसद ११ र कर्मचारी ११बीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ । फाइनल सकिएलगत्तै झण्डै डेढ घण्टाको समापन समारोह सुरु हुनेछ ।

प्रधानमन्त्री ओलीले बुधबार खेलकुदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको पनि सदस्यसचिव सिलवालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७