एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा


२९ मंसिर २०७६, आईतवार
Durbarmarg opening

काठमाडौं, २९ मंसिर । एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १२ टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १ दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।
मंगलबजार शाखाकोे उद्घाटन वडा अध्यक्ष नारायण लाल अवालेले र दरबारमार्ग शाखाकोे उद्घाटन एन आई सी एशिया बैंक लि का उप-प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख श्री तेज राज तिमिल्सिनाज्यूले गरे ।

बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।Mangalbazar Opening

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७