विद्युतीय मोटरसाइकल उत्पादन गर्दे नेपाली कम्पनी 


३ पुष २०७६, बिहीबार
electric bike aDsk90O4K4

काठमाण्डौ, ३ पुष ।   विद्युतीय मोटरसाइकल नेपाली कम्पनीले नै उत्पादन गर्ने भएको छ । ‘यात्री मोटरसाइकल्स’ले पहिलो विद्युतीय मोटरसाइकल तयार भएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिए ।

‘प्रोजेक्ट जीरो’ नाम दिइएको उक्त मोटरसाइकलको लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा भएको छ ।  विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गर्नुभएको छ । 

त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिए । 

सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पाट्र्स ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताए ।

विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७