समाज सेवामा मिस राई २०१५को टिम


२ भाद्र २०७४, शुक्रबार
miss rai 2015

miss rai 2015

काठमाडौँ : मिस राई २०१५ कि विजेता पुनम राई र उनको टिम अहिले समाजसेवामा निकै अग्रसर देखिन्छन्।

गत सोमबार मिस राई २०१७ को ग्रान्ड फिनालीमा मिस राई २०१५ को यस टिमले मोरङ निवासी अग्निपीडित बालिका सफिना राईको शैक्षिक भविष्यको लागि नगद सहयोग गरे । उनीहरूले सफिना दाजुलाई नगर पाचँ हजार रुपैँया हस्तान्तरण गरे । बालिका सफिना राईको अहिले किर्तिपुर अस्पतालमा निस्शुल्क रूपमा उपचार भइरहेको छ।

विगतका दिनहरूमा यस टिमले मुटु रोगी राजेन्द्र राईलाई नगद रु.२०,११० र मुटु रोगी बालक नामोहाङ राईलाई नगद रु.८,००० सहयोग गरेको थियो।

मिस पुनम राई, मिस सुप्रीया राई, मिस स्नेहा राई, मिस नाज्मा राई,मिस चादनी राई,मिस एलि राई रहेको मिस राई २०१५ को टिमले भावी दिनहरूमा पनि सामाजिक कार्यहरू गर्दै जाने विजेता पुनम राईले बताइन् ।

‘समाजसेवा गर्दा एक किसिमको छुट्टै सन्तुष्टि प्राप्त हुदोरहेछ, जुन सन्तुष्टिलाई लाखौँ रुपैयाँमा पनि किन्न सकिँदैन’ उनले भनिन्, ‘यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवादका साथै आगामी दिनहरूमा सामाजिक कार्यहरूमा यसरी नै सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्दछु।’

सन २०११ देखि किरात राई मौलिक कला संस्कृति केन्द्रले किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका प्रतियोगिता आयोजना गर्दे आएको छ । सन २०१७को भर्खरै सम्पन्न भएको प्रतियोगितामा एलिशा राईले उपाधि जितेकी छिन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७