त्रिविको दीक्षान्त समारोहमा विद्यार्थीको खुशियाली (फोटो फिचर)


४ पुष २०७६, शुक्रबार
45th convocation day

काठमाडौं, ३ पुस। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार आफ्नो ४५औँ दीक्षान्त समारोह गरेको छ ।

ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीले एकल तथा सामूहिक तस्वीर खिचेर खुशियाली साटासाट गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका १० हजार १८३ विद्यार्थी दीक्षित भएका छन्। पुल्चोक इञ्जिनियरिङ क्याम्पसको प्रांगणमा भएको ४५ औँ दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी बिहिवार दीक्षित भएका हुन्।Convocation d 333

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले ती विद्यार्थीहरुलाई दीक्षित गराएका थिए। त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरे। सोही अवसरमा ५७ औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी पनि दीक्षित भए।

 

दीक्षान्त समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा १० हजार १८४ विद्यार्थी र करीब छ हजार ९०० अभिभावक सहभागी थिए ।

tu Convocation scaled
मुलुकमा नै सेवा गर्ने हो : त्रिवि गोल्ड मेडलिष्ट

 त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट विभिन्न विषयमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीले अध्ययनपछि नेपालमा नै सेवा गर्ने बताएका छन् । त्रिविको ४५औँ दीक्षान्त समारोहमा चान्सलरसहित तीन पुरस्कार पाउने विराटनगरका उमेश आचायले भविष्यमा नेपालमै सेवा गर्ने बताएका छन् । Convocation dsG

 

अहिले नेपाल टेलिकममा वरिष्ठ इञ्जिनीयरिङसमेत रहेका उनले भने,‘अहिले पनि म सरकारी सेवामा छु, यही सेवामा रही मुलुकको सेवा गर्ने हो ।’ मेहनतको फल पदक पाएपछि राष्ट्रिय भाव अझ जागृत भएको महसुस आफूलाई भएको उनले बताए ।

Convocation 33333

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका आचार्यले दीक्षान्त समारोहको ठूलो पुरस्कार चान्सलर पदक पाएका छन् । चान्सलर पदक त्रिविमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रदान गरिन्छ । सो पदकमा करीब तीन तोला सुन रहेको हुन्छ । चान्सलरसहित उनले त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पनि पाएको हो ।

Convocation d 8

यसैगरी अर्का तीन पदक प्राप्त गरेका विद्यामान महताराले पनि देश र समाजको सेवा गर्ने बताए । अहिले नेपाल राष्ट्र बैँकमा सहायक निर्देशकको रुपमा कार्यरत रहका उनले मुलुकमा काम गर्ने वातावरण बन्दै गएकाले यहीँ रहेर सेवा गर्ने सङ्कल्प गरेको हो ।

‘पहिला बाहिर जाने सोचमा थिएँ’, डोल्पा जगदुल्लाका महताराले भने,‘नेपाल राष्ट्र बैंकमा नाम निकालेको र दीक्षान्तमा पनि पदक पाएकाले मुलुकमा रहेर नै सेवा गर्ने इच्छा जागेको छ ।’
अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा ३.८६ सिजिपिए ल्याई सर्वोकृष्ट भएका महताराले आज खगेन्द्रमानसिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गोल स्मृति पुरस्कार पाएको छ ।

यसैगरी दुई पदक प्राप्त गरेका सगीना महर्जनले पनि नेपालमा नै सेवा गर्ने इच्छा रहेको बताए । अहिले चावहिलस्थित डियर वाक कलेजमा अध्यापन पेशामा आवद्ध भएका उनले आफ्नो क्षेत्रको काम अहिले प्राप्त नभएकाले विदेशमा गई विद्यावारिधि गरेर नेपालमै काम गर्ने बताए ।

रसायनशास्त्र विभागबाट एमएस्सीमा ३.९८ सिजिपीए अङ्क ल्याएका महर्जनले अमृत पदक र पिएमसी पदक प्राप्त गरे । सो अवसरमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ३१ पदक’पुरस्कार प्रदान गरिएको थियो । थमनसिंह गौतम, इशिला खरेल र अञ्जना शर्माले दुईरदुई पुरस्कार पाएका थिए ।

Convocation 33 2048x1193 1

स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ६७ प्रतिशत ल्याएका गौतमले ‘ललित चन्द पदक’ र वडाकाजी ‘मरिचमान सिंह पदक’ पाएका छन् । शङ्करदेव क्याम्पसबाट व्यापार प्रशासनमा स्नातक तह (बिबिए)मा ३.९३ सिजिपिए अङ्क ल्याएका खरेलले भाइस चान्सलर पदक र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक र मानविकी सङ्काय स्नातक तहमा उत्कृष्ट अङ्क ८२.१४ ल्याउने सान्त्वना मेमोरियल बहुमुखी क्याम्पसका विद्यार्थी शर्माले पिपल्स क्याम्पस ‘तीर्थरत्न बज्राचार्य पदक’ र ‘ज्ञानप्रसाद’ पुरस्कार पाए ।

Convocation 1

varat

Convocation 11342365

Convocation d 22Convocation 3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७