आइपिएलमा विराट कोहोली सबैभन्दा महंगो खेलाडी,क्रिस गेल र गम्भीर आउट


२१ पुष २०७४, शुक्रबार
आइपिएलः कोलकाताबाट गम्भीर र बैंगलोरबाट क्रिस गेल आउट विराट सबैभन्दा महंगा4368

एजेन्सी: इण्डियन प्रिमियर लिग (आइपिएल)को ११ औं सिजनमा आश्चर्यजनक परिवर्तन हुने देखिएको छ । ११ औं सिजनको लिलामीअगाडि सबै टिमहरुले आफूले रिटेन गरेका खेलाडीको नाम सार्वजनिक गरेका छन् । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैंगलोरले निकै आश्चर्यजनक फैसला गरेका छन् ।आइपिएलः कोलकाताबाट गम्भीर र बैंगलोरबाट क्रिस गेल आउट विराट सबैभन्दा महंगा4368

केकेआरले टिमलाई दुईपटक च्याम्पियन बनाउने कप्तान गौतम गम्भीरलाई र आरसिबीले टि–२० मा सबैभन्दा धेरै रनसँगै सबैभन्दा धेरै चौका, छक्का र शतक प्रहार गर्ने खेलाडी क्रिस गेललाई रिटेन गरेनन् । तत्कालका लागि यी दुवै टिमले यी स्टार खेलाडीलाई छोडिदिएका छन् । यद्यपि यी टिमले यी खेलाडीलाई २७ र २८ जनवरीमा हुने लिलामीमा ‘राइट टु म्याच’ कार्डका आधारमा टिममा ल्याउने विकल्प भने बाँकी नै छ ।1491376510 kohali1

मुम्बइ इण्डियन्सले कप्तान रोहित शर्मासहित हार्दिक पाण्डे र जसप्रीत बुमराहलाई टिममै राखेको छ । चेन्नाइ सुपर किंग्सले एमएस धोनी, सुरेश रैना र रविन्द्र जडेजालाई टिममा राखेको छ । बैंगलोरले टिम इण्डियाका कप्तान विराट कोहलीलाई सबैभन्दा बढी १७ करोड रुपैयाँ दिँदै टिममा राखेको छ । योसँगै विराट आइपिएलमा सबैभन्दा धेरै तलब लिने खेलाडी बनेका छन् । टप खेलाडीको रिटेनिङ मूल्य १५ करोड भए पनि विराटलाई १७ करोड दिइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७