मनाङ मर्स्याङदी क्लबलाई नेपाल आयल निगमको प्रायोजन


६ माघ २०७६, सोमबार
manna marsyangi and Nepal oli samjhautaa.00 00 39 34.Still002

काठमाडौं, ६ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङदी क्लबलाई सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले प्रायोजन गरेको छ ।

कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङलाई आयल निगमले एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो । आयल निगम र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

निगम कार्यकारी निर्देशक सुरेद्र कुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रायोजन सम्झौतासँगै मनाङलाई आयल निगमले एक वर्षको लागि ३५ लाख उपलब्ध गराउने छ । मनाङको लागि यो हालसम्मकै सर्वाधिक ठुलो प्रायोजन हो ।

मनाङले एक वर्षसम्म नेपाल आयल निगमको लोगो र नाम अंकित जर्सी प्रयोग गर्ने छ । मनाङले शनिबार भएको थ्री स्टारविरुद्धको खेलमा निगमको लोगो र नाम अंकित जर्सी प्रयोग गरेको थियो । उक्त खेलमा मनाङ र थ्रीस्टारले २–२ को बराबरी खेलेका थिए ।

निगमको प्रायोजनसँगै मनाङ ’ए’ डिभिजन लिगको १४ क्लबमध्ये सरकारी स्वामित्वको प्रायोजन पाउने दोस्रो क्लब बनेको छ । यस अघि नेपाल टेलिकमले विभागीय नेपाल पुलिस क्लबलाई प्रायोजन गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७