मेगा बैंकबाट धापासीमा वित्तीय साक्षरता कार्यक्रम


१५ माघ २०७६, बुधबार
1580300126mega

काठमाडौं, १५ माघ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए।

कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७