नडाहमा प्रथम मेयर कप हुने


२३ पुष २०७४, आईतवार
nahada football club

मोरङ : बराह नगरपालिको वडा ३ मा रहेको एभेष्ट फुटबल क्लबको आयोजनामा भरौलको नडाहमा प्रथम मोहर कप हुने भएको छ ।nahada football club
खेलकुदको क्षेत्रमा बेग्लै पहिचान बनाएर नेपाली फुटबलको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडिहरु उत्पादन गरी नेपालको खेलकुदलाई धेरै ठुलो गुण लगाएको भूमि भरौलमा पुस महिनाको ३० गते देखि सुरु हुने भएको हो ।
प्रतियोगितामा माघ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ्ग ,उदयपुका सुनसरीका फुटबल क्लबहरू सहभागी हुनेछ । बेलबारी फुटबल क्लब मोरङ्ग, क्षेत्रीय तालिम केन्द्र रानी बिराटनगर, गाईघाट फुटबल क्लब उदयपुर, बक्लौरी फुटबल क्लब, राजावास फुटबल क्लब बराह ९, वराहक्षेत्र फुटबल क्लब चतरा, द व्याइ कल्व इटहरी र आयोजक एभेष्ट फुटबल क्लब बराह ३ सहित ८  फुटबलको क्लबको सहभागिता रहने समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार रुपैयाँ र दोस्रा पुरस्कार ५१ हजारसहित प्रतियोगिता भर उत्कृष्ट खेलाडिहरुलाई खेल प्रदशनकोआधारमा पुरस्कार गरिने शनिवार पत्रकार सम्मेलन गरी एभेष्ट फुटबल क्लबका अध्यक्ष मधु साधन भट्टराईले बताए।
बराह नगरपालिकाको वडा नं ३ मा पहिलो प्रथम हुन लगेको एभेष्ट फुटबल क्लबको खेलमैदानमा हुने प्रतियोगिता प्रतियोगियोतालाई सफलता पुर्वक समापन गर्नको लागि बराह नगरपालिकाको प्रायोजक र सह प्रायोजक व्यासन ग्रामीण क्षेत्रीय समन्यय समिति सुनसरी रहेछन् ।  बराह नगरपालिका वडा नं ३,कार्यालयको विशेष सहयोग र खेल प्रेमी देश, विदेशमा रहेका युवाहरूको पनि  सहयोगमा रहनेछ ।

प्रतियोगिता लगभग ८ लाख खर्च हुने आकंलन गरिएको क्लबका अध्यक्ष भट्टराईले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७