भारतीय महिला लिग : ओडिसाको पोस्टमा सावित्रा एक्लैका ५ गोल


१८ माघ २०७६, शनिबार
samba1
फाइल तस्बिर

काठमाडौं, माघ १८ । भारतीय महिला लिगमा राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि गोकुलम केरला एफसीले सानदार जित निकालेको छ।

ब्यांग्लोर स्टेडियममा गोकुलमले ओडिसा पुलिसलाई ७-० ले हराएको हो। सावित्रा शनिबारको खेलमा पनि प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्।

खेलको चोथौ मिनेटमा नै सावित्राले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफ १–० ले अग्रता बनाएको गोकुलमका लागि सावित्राले बाँकी ४ गोल दोस्रो हाफमा गरिन्। सावित्राले खेलको ४, ५१, ५२, ७४ र ८३ औं मिनेटमा गोल गरिन्।

शनिबारको खेलमा पनि सावित्रा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। खेलको ८७ औं मिनेटमा मैदान छाडेकी सावित्राको स्थानमा मैदान आएकी आग्वो एक्पारियन्सले ९० औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।

लिगको एक खेलमा एक जना मात्र विदेशी खेलाडी मैदान उतार्न पाउने नियम छ। दोस्रो हाफको इन्जुरी समयमा ग्रेस लालरनम्परीले गोल गर्दै ७–० को फरकिलो अन्तर पारिन्।

पहिलो खेलमा सावित्राको निर्णायक गोलमा गोकुलमले श्री भुमीलाई १–० ले हराएको थियो। दोेस्रो खेलमा केन्क्रे एफसीलाई १०–१ ले हराउँदा सावित्रा एक्लैले ५ गोल गरेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७