दंगलकी अभिनेत्री जोयरामाथि विमानभित्रै यौन दुव्र्यवहार


२३ पुष २०७४, आईतवार
dangal

सामान्य युवतीहरुले मात्र कहिलेकाहीं देश–विदेशमा चर्चा कमाएकाहरुले पनि यौन दुव्र्यवहारको शिकास हुनुपर्छ । नेपाली समाजमा युवती–महिलामाथि यौनजन्य दुव्र्यवहार बाक्लै हुने गरेको छ । तर, भारत जस्तो विकसित देशमा पनि महिलामाथिको दुव्र्यवहार कहालीलाग्दो छ । यस वर्षको ब्लकबष्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसिमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्र्यबहार गरेका थिए ।dangal

जायराले आफूमाथि दुव्र्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । मुम्बई एअरपोर्टमा पुगेपछि जायराले एक भिडियो सार्वजनिक गर्दै आफ्नो सिटभन्दा पछाडि बस्ने एक पुरुषले दुई घण्टासम्म तनाव दिएको उल्लेख गरेकी छिन् । ती पुरुषले १० मिनेटसम्म आफ्नो पैतालादेखि कम्मर हुँदै गर्दनसम्म सुम्सुम्याएको आरोप जायराले लगाएकी छिन् । उनले भनेकी छिन्–‘के यस्तै घटनाले किशोरीहरुको रक्षा हुन्छ ?’

प्रहरीका डेपुटी कमिशनर अनिल कुम्भारेले विकासलाई सोमबार अदालतमा पेश गरिने जानकारी दिएका छन् । विकासबिरुद्ध महिलामाथि आपराधिक आक्रमण गरेको अभियोगमा प्रहरीले मुद्दा दर्ता गराएको छ । त्यसो त विस्तारा एअरलाइन्सले जायरासँग माफी माग्दै उक्त घटनामा प्रहरीलाई सहयोग गर्ने बताइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७