गोर्खाज फाइनान्सको नाफा ६ महिनामै ६ करोड १२ लाख


२१ माघ २०७६, मंगलवार
gorkhas finance logo

काठमाडौं, २१ माघ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा ६ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको तुलनामा करिब तीन लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा संस्थाले ६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।

पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, गत आवको दोश्रो त्रैमासमा ५ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको संस्थाले चालु आवको सो अवधिसम्म ५ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

संस्थाको कर्जा निक्षेप अुनपात (सीडी रेसियो) बढेर ७६.८३ प्रतिशत पुगेको छ । जुन गत आवको ६ महिनामा ६९.५३ प्रतिशत रहेको थियो । क्यापिटल एडिक्वेसी १६.८२ प्रतिशत छ । त्यस्तै, फाइनान्सको खराब कर्जा(एनपीएल) ४.३२ प्रतिशतबाट ४.२६ प्रतिशतमा झरेको छ । जुन घट्नु फाइनान्सको लागि राम्रो हो ।

यस फाइनान्सको प्रतिसेयर आम्दानी १४.११ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ बढेर १६७ रुपैयाँ पुगेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६९ रुपैयाँ छ । वित्तीय परिसूचकहरु समग्रमा राम्रै देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ मात्र छ ।

संस्थाको आधार दर(बेस रेस) घटेर १२.७६ प्रतिशतमा झरेको छ । जुन २०७५ पुस मसान्तमा १२.९९ प्रतिशतमा थियो । त्यस्तै, गत आवको सोही अवधिमा ४.९३ प्रतिशत रहेको संस्थाको स्प्रेड दर बढेर ५.७८ प्रतिशत पुगेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्ग, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्याका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु सञ्चालनमा रहेको छ । निकट भबिष्यमा फाइनान्सले अरु आकर्षक योजनाहरु पनि ल्याउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७