स्वर्ण विजेता फुटबलरलाई जनही साँढे पाँच लाख


२६ माघ २०७६, आईतवार
selfy nepali football

काठमाडौं,२६ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं दक्षिण एसियली खेलकुद (साग) फुटबलमा स्वर्ण जित्न सफल फुटबल खेलाडीलाई जनही पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

एन्फा कार्यसमितिको आइतबार बसेको बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । एन्फाले पुरुष टोलीका खेलाडीलाई पाँच लाख ५० हजार र महिला टोलीका खेलाडीलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

selfy nepali football

साग फुटबलमा नेपालले पुरुषतर्फ स्वर्ण र महिलामा रजत जितेको थियो । सरकारले पुरुष टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय यसअघिनै गरेको थियो । एन्फा बैठकले सहित स्मारक ‘बी’ डिभिजनमा सहभागी क्लबलाई १० लाख र ‘सी’ डिभिजन क्लबलाई सात लाख रुपैयाँ तयारी खर्च दिने निर्णय पनि गरेको छ ।

Nepal team football 2

एन्फाले यसअघि ‘ए’ डिभिजन क्लबलाई भने २० लाख रुपैयाँ तयारी खर्च दिएको थियो । बैठकले महिला लिग सञ्चाल गर्ने र महिला लिगको विजेतालाई १५ लाख, उपविजेतालाई आठ लाख, तेस्रो हुनेलाई पाँच लाख र चौथो हुने टोलीलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७