कान्तिपुर सिटी कलेजका विद्यार्थी गोर्खा इको प्यानलमा


५ फाल्गुन २०७६, सोमबार
86387754 3271300512884704 8376750883785932800 o

काठमाडौं, ५ फागुन । काठमाडौंको कान्तिपुर सिटी कलेजको ईन्जिनियरिङका विद्यार्थीले सोमबार भक्तपुरस्थित गोर्खा इको प्यानलको र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको अवलोकन भ्रमण गरेका छन् ।

भबन निर्माणमा आधुनिक निर्माण सामाग्रीको प्रयोगबारे बुझन ती विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेको बताइएको छ । उनीहरुले भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानल र चाँंगुरोडस्थित गोर्खा प्रिकाष्ट एण्ड विण्डोर दुई ठाउँका कारखानामा पुगेर अवलोकन भ्रमण गरेका हुन् ।86389023 3271301409551281 2842020739261923328 o

विद्यार्थीलाई गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कारखानाका उत्पादनहरुबारे जानकारी गराए । कारखानाबाट गोर्खा इको प्यानल (इटाको विल्कपमा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री), गोर्खा वाथर पेभर (भुईमा छाप्ने पानी सोस्ने व्लक), गोर्खा प्रिकाष्ट स्ल्याब (ढलानको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको स्ल्याब), गोर्खा वाउण्डरी वाल -पर्खालका प्रयोग हुने लामोलामो स्ल्याब) लगायतका निर्माण सामाग्री उत्पादन हुने जानकारी गराए ।

सो अवसरमा उनले गोर्खा इको प्यानललाई कारखानाको रुपमा मात्रै नभई नविनतम निर्माण सामाग्रीको अध्ययनस्थलको रुपमा विकास गर्ने लाने योजना अनुरुप विद्यार्थी भ्रमण गराउँंदै आएको जानकारी गराए ।86757898 3271300846218004 9090251634344198144 o 1

कलेजका सिभिल डिपार्टमेन्टका प्रमुख ईन्जिनियर दीपकविक्रम थापाको नेतृत्वमा विद्यार्थी त्यहाँं पुगेका थिए । विद्यार्थीलाई नयाँं निर्माण सामाग्रीबारे जानकारी दिने उद्देश्यले भ्रमण गराइएको ईन्जिनियर थापाले बताए । उनले कितावमा पुराना निर्माण सामाग्रीबारे मात्रै उल्लेख भएकाले भोलिका दिनमा ईन्जिनियर भई काममा जाँंदा समस्या नहोस् भनेर नयाँ सिकाईका लागि भ्रमण गराएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७