‘धुलो’ को ट्रेलर सार्वजनिक, १६ फागुनमा प्रर्दशन


६ फाल्गुन २०७६, मंगलवार
srijana subba and buddi tamang scaled

काठमाडौं, ०६ फागुन । चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरि ट्रेलर सार्वजनिक गरिएको छ ।


राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

यस फिल्ममा नेपाल टेलिभिजनका वरिष्ठ क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रले निर्देशनमा डेब्यु गरेका छन् । फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए ।

उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनीक नभइ यथार्थ जीवनका कथामा बुनीएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

निर्माता संघका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउदै फिल्म राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा बिश्वस्त रहेको सुनाए । उनले यो फिल्मले कलात्मक पाटोलाई सजिव ढंगले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे ।

कार्यक्रममा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।


दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७