२०७६ फागुन १२ गते सोमबारको तपाईको राशिफल


प्रकाशित मिति : 24 February, 2020 6:16 am

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विचार गरेर मात्र निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइने छ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्