वाम गठबन्धनले बनायो चार बुंदे मापदण्ड


२६ पुष २०७४, बुधबार
bam gathabandhan

काठमाण्डौं : राष्ट्रिय सरकार गठन, राष्ट्रियसभा निर्वाचनलगायतका जल्दाबल्दा बिषयमा छलफल गर्दै नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको वैठकले चार बुंदे मापदण्ड तयार गरेको छ ।bam gathabandhan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको कार्यदलको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि चार बुंदे मापदण्ढ तयार गरेको हो । राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनमा दुई पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतको आधारमा सिट संख्या बाँडफाँड गर्ने, पार्टी एकताको स्पिरिटलाई अघि बढाइरहने र दुवै पक्षको सन्तुलन कायम हुने गरी सिट संख्या निर्धारण गरिने निर्णय भएको एमाले नेता शंकर पोखरेलले जानकारी दिएका छन् ।

पार्टी एकता नहुँदासम्म अहिलेको कार्यदलले आवश्यक पछलफल गरी काम गर्ने आधार तय भएको र यी काम सकिएपछि कार्यदल काम सकिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन बताउँछन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत समिति सदस्यहरुको उपस्थित थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७