कोरोनाका कारण गुगलको डेभलपर कन्फ्रेन्स स्थगित


२५ फाल्गुन २०७६, आईतवार
1583669291google io

काठमाडौं,फागुन २५ । वार्षिक क्यालेन्डरमा गुगलको सबैभन्दा ठूलो कार्यक्रम गुगल डेभलपर कन्फ्रेन्स स्थगित भउको छ। मे १२ २०२० मा हुने भनिएको उक्त कार्यक्रम स्थगित भएको गुगलले घोषणा गरेको हो।

कोरोना भाइरसका कारण स्वास्थ्यमा जोखिम उत्पन्न हुनसक्ने भन्दै गुगलले उक्त इभेन्ट स्थगन भएको प्रष्ट पारेको छ। यो कार्यक्रम गुगलको मुख्यालयमा हुने तय भएको थियो।

उक्त इभेन्टका लागि गुगलले पहिलेदेखि ने बुकिङ खुलाएको थियो। स्थगन भएपछि कम्पनीले रिफन्ड पोलिसी पनि ल्याएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७