मैदानमै हानाहान, एकै खेलमा ८ वटा रातो कार्ड


१ चैत्र २०७६, शनिबार
8 Red card 0 Ejd0iaZ3fQ

काठमाडौं, १ चैत । दक्षिण अमेरिकाको ठूलो क्लब फुटबल प्रतियोगिता कोपा लिबेर्टाडोरेजको एउटै खेलमा आठ खेलाडीले रातो कार्ड पाएका छन् । समूह चरण अन्तर्गत शुक्रबार भएकोे ग्रेमिओ क्लब र इन्टर नासिओनलबीचको खेलमा रेफ्रीले दुवै टोलीका चार चारजना खेलाडीलाई रातो कार्ड देखाएका हुन् ।


खेल गोलरहित बराबरीमा सकिन लाग्दा अतिरिक्त समयमा दुवै तर्फका खेलाडी झगडामा उत्रिएका थिए । मैदानमा खेलाडीबीच एकले अर्कोलाई किक हान्न थालेपछि रेफ्रीले रातो कार्डको बर्षा गरेका थिए ।


खेलाडीबीचको झडपले केही समय मैदान रणमूमिमा परिणत भएको थियो । बराबरीसँगै समुह ‘ई’ मा रहेका यी दुवै टोलीले एक एक अंक बाँडेका छन् । समूहमा दुवैको समान चार अंक छ । कोपा लिबेर्टाडोरेजमा सर्वाधिक रातो कार्ड भएको भने यो दास्रो पटक हो । यसअघि सन् १९७१ मा बोका जुनियर र स्पोर्टिङ क्रिस्टलबीचको खेलका १९ खेलाडीले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७