२०७६ चैत २० गते बिहीबारको तपाईको राशिफल


२० चैत्र २०७६, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । प्रेममा सफलता पाईने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिने छन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइने छ । आत्माबल बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमाइलो यात्राको योग रहेको छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट मान सम्मान पनि पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पनि पाईने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउने छ । प्रेममा बाधाका साथै मन कमजोर रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तीर्थाटनको योग छ । शुभकार्यको चर्चा चल्ने छ । चिट्ठा, वा लटरीबाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कार्य सम्पादनमा समस्या आउँला । मन खिन्न हुने स्थिति आउने छ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रा पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७