एनएमबि बैंकको कोरोना रोकथाम कोषमा १ करोड ५१ लाख सहयोग


२१ चैत्र २०७६, शुक्रबार

काठमाडौं, २१ चैत । एनएमबि बैंकले कोरोनाभाइरसको महामारीबिरुद् अग्रसर हुन स्थापित सरकारको ‘कोभिड-१९ रोकथाम कोष’लाई १ करोड ५१ लाख योगदान गरेको छ ।

उक्त रकम प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रदान गरेका छन् । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदायरव्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

यसबाहेक बैंकले अनलाइन ब्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५५ रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत केसीले यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले समुदायमा दीगो प्रभाव पार्न हाते मालो गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • अध्यक्ष तथा प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७