बार्सिलोनाका ६ बोर्ड सदस्यद्वारा दिए राजीनामा


२८ चैत्र २०७६, शुक्रबार
FCB Board member

काठमाडौं, २७ चैत । स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यद्धारा आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका ६ बोर्ड सदस्यहरुले अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई जानकारी गराउँदै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा उपाध्यक्ष इनरिके तोम्वास र सचिव मारिया टेक्सीडोर छन् । सिल्भियो इलियस, जोसेप पन्ट, जोर्डी क्लासमिगलिया र इमिली रोउसान्ड छन् । उनीहरुले राजीनामा पत्र र ग्रुप कलमार्फत महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण क्लबमा पर्न सक्ने संकट र त्यसले निम्त्याउने समस्याका बारेमा क्लबको अबको रणनीतिबारे धारण सार्वजनिक गर्न अपिल गरेका छन् ।

‘हामी क्लबमा अबको अवस्थाबारे कुराकानी गर्न चाहिरहेका छौं । तर, क्लबका अध्यक्षले यसबारेमा छलफल गर्ने मनसाय नबनाएपछि हामीले राजीनामा दिएका हौं । हामी भविष्यको महत्वपुर्ण चुनौतीको सामना गर्न क्लबको मापदण्ड र व्यवस्थापनको ढाँचालाई परिवर्तन गर्न नसक्दा अहिले यो अवस्थामा पुगेका छौं । केही विषयहरु हामीले सामाजिक सन्जाल र सञ्चार माध्यमबाट मात्रै थाहा पाएका छौं । यस विषयमा पनि हाम्रो असन्तुष्टि छ,’ संयुक्त राजीनामा पत्रमा उल्लेख छ ।

क्लबले कोरोनाका कारण क्लबका खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेपनि थप ठोस निर्णय गर्न सकेको छैन । पारिश्रमिक कटौतीमा क्लबका पदाधिकारी र खेलाडीबीच विवाद सिर्जना भएको थियो । पछिल्लो समयका टिमका कप्तान लियोनेल मेस्सी र क्लबका अध्यक्ष बोर्टोमेउबीच सम्बन्ध राम्रो हुन सकेको छैन । जोसेप मारिया बोर्टोमेउ २०१४ जनवरीमा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७