बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन


५ बैशाख २०७७, शुक्रबार
uk lockdown 3132020025158 1000x0 1

काठमाडौं,५ बैशाख । बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।


बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।

प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।


यस्ता छन् पाँच बुँदाः

– राष्ट्रिय स्वास्थ्य सेवा पूरा देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन सक्षम भएपछि

– कोरोनाका कारण दैनिक भइरहेको मृत्युदरमा कमी आएपछि

– संक्रमणको दर आशा गरेअनुसार तल्लो स्तरसम्म आएपछि

– भविष्यको आवश्यकताकालाई ध्यानमा राख्दै टेस्टिङ किट र पीपीआई उपकरणको आपूर्ती पूर्ण रुपमा सुनिश्चित भएपछि

– र जबसम्म कोरोनाभाइरस पुनः देशका लागि खतरा बन्ने छैन भनेर सुनिश्चित भएपछि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७