माछापुच्छ्रे बैंकका थापा र न्यौपाने नायव महाप्रबन्धकमा बढुवा


१४ बैशाख २०७७, आईतवार
1587901901Thapa ra Neupane

काठमाडौं, १४ वैशाख । माछापुुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । सन् २००० बाट बैंकिङ करियर सुरु गरेर उनीसँग बैंक अफ काठमाण्डू तथा सानिमा बैंकमा काम गरिसकेको अनुभव छ ।

कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनलगायत विभागमा पोख्त बैंकर थापा विगत ६ वर्षदेखि माछापुुच्छ्रे बैंकमा आवद्ध छन् । उनलाई बैंकिङ क्षेत्रमा बैंकिङ बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका न्यौपानेसँग बैंकिङ्गङ क्षेत्रमा २२ वर्ष काम गरेको अनुभव छ । जोखिम व्यवस्थापनमा अब्बल मानिने न्यौपानेले समग्र बैंकिङ सञ्चालनमा राम्रो दख्खल राख्छन् ।

साथै, सेल्स र मार्केटिङमा समेत लामो अनुभव सँगालिसकेका न्यौपाने सन् २००४ देखि माछापुुच्छ्रे बैंकमै कार्यरत छन् । उनीसँग एभरेष्ट बैंक तथा एनआईसी बैंकमा विभिन्न भूमिकामा रहेर कार्य गरेको अनुभव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७