लकडाउनमा थप कडाइ : अब एक जिल्लाबाट अर्को जिल्ला जान प्रतिबन्ध, सबै पास रद्द


३० बैशाख २०७७, मंगलवार
RG Bhaktapur Anugamanc

काठमाडौं, ३० बैशाख । आज (मंगलबार) एकै दिन ७४ जना नयाँ कोरोना संक्रमित भेटिएपछि सरकार त्रसित बनेको छ ।

लामो समयदेखि जारी लकडाउन केहि खुकुलो गर्दै जनजीवन सामान्य बनाउँदै लगिएको अवस्थामा एकाएक संक्रमतिको संख्या ह्वातै बढेपछि सरकार फेरि लकडाउनलाई कडा बनाउने सोंचमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) को मन्त्रिपरिषद वैठकमा लकडाउन पालना नभएको र यसका कारण नेपालमा कोरोनाले भयावह रुप लिन सक्ने गुनासो गरेका थिए । प्रधानमन्त्री ओलीले लकडाउन पालना राम्रो नभएको गुनासो गरेकै दिन एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि लकडाउनलाई थप कराई गर्दै मानिसको अवातजावतलाई समेत कडाइ थालिएको छ ।

विभिन्न जिल्लामा ह्वातै कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना संक्रमितकोे संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ७४ जना नयाँ संक्रमित फेला परेका छन् । देशभर संक्रमितको संख्या २०८ पुगेपछि चिन्तित बनेको सरकारले मानिसको आवतजावतमा कडाइ थालेको ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको बताए र उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने उनले बताए ।

अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिंड्ने गरेका थिए ।

अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७