रुकुम घटनाकाे दोषीलाई हदैसम्मको कारवाही माग गर्दै प्रर्दशन {भिडियाे}


२१ जेष्ठ २०७७, बुधबार
rukum ghatana

काठमाडाैं, २१ जेठ ।  अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो पार्टीले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजवादीका तमुवान, किरात, शेर्पा, ताम्सालिङ खसान थरुहट लगाएतका बर्गिय संगठनको सहभागीता थियो ।

उनीहरुले रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै केहिबेर धर्ना समेत दिएका थिए । त्यस्तै जघन्य अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्न नहुने भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

गत जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिकको मृत्यु भएको थियोे । घटनाको अनुसन्धान गर्न सरकारले पनि छानविन समिति बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७