त्रिचन्द्र अस्पताल ब्यापारीलाई भाडा दिंदा सेनाको गरिमा घटाउँछ : पूर्व सेनापति राणा
काठमाण्डौं, १० माघ : काठमाण्डौंको महांकालमा त्रिचन्द्र मिलिटरी अस्पतालका लागि बनाइएको नयाँ भवन ब्यापारीलाई भाडामा दिने नेपाली सेनाको निर्णय आलोचित बनेको छ ।
कतिले आर्थिक चलखेलमा परेर अस्पतालको भवन पूर्व प्रधान सेनापति र जर्नेल गरी करीब आधा दर्जन उच्च सैनिक अधिकृतहरुले यो निर्णयप्रति आपति जनाएका छन् । पूर्व प्रधानसेनापति गौरवशमशेर जबराले सेनाको कल्याणकारी कोषको सञ्चालक समितिले अस्पताल बनाउन गरेको निर्णय बदल्नु गलत भएको बताएका छन् ।
‘कल्याणकारी कोषको सञ्चालक समितिले अस्पताल निर्माण र सञ्चालनको लागि ४ अर्ब ५० करोड छुट्टाएको थियो त्यो बैठकमा अहिलेका प्रधानसेनापतिसहित सबै पिएसओ उपस्थित थिए’–उनले भने– ‘त्यतिबेला कसैले नोट अफ डिसेन्ट पनि लेखेको थिएन । तर, अहिले किन त्यो निर्णय परिवर्तन भयो ?’ कल्याणकारी कोषको पैसाले व्यापारिक काम गर्नै नमिल्ने उनको भनाई छ ।