स्थापना दिवसमा राई खेलाडी सम्मानित


१२ माघ २०७४, शुक्रबार
स्थापना दिवसमा राई खेलाडी सम्मानित
????????????????????????????????????

 

काठमाडौं: पाचौं स्थापना दिवसको अवसरमा किरात राई खेलकुद संघले राष्ट्रिय खेलकुद परिषदको हलमा एक कार्यक्रम गरी बिभिन्न खेलाडीहरुलाई सम्मान गर्दै समपन्न भएको छ ।

स्थापना दिवसमा राई खेलाडी सम्मानित

स्वास्थ्य, सदभाव र समृद्घिको लागि खेलकुद नारा सहित किरात राई खेलकुद संघको पाँचौ स्थापना दिवस मनाएको हो । संघले स्थापना दिवसको अवसरमा विभिन्न खेलका एघार जना खेलाडीहरुलाई कदर पत्रले सम्मान गरेको छ ।
संघका अध्यक्ष महेन्द्र राईले खेलाडीहरुलाई थप सफलताको लागि प्रोत्साहित गर्न सम्मान गरेको बताएका छन् । भने ‘उनीहरु खेलकुदको मात्र नभएर हाम्रो समुदायको समेत गहना हुन् । उनीहरुलाई प्रोत्साहन गर्नु हाम्रो दायीत्व सम्झेर सम्मान गरेका हौं ।’ सम्मानित हुनेहरुमा चेस खेलकी मोनालिसा खम्बु, भारोत्तोलनकी संगिता राई, सितोरियो करातेका खेलाडीहरु कर्ण बहादुर राई, हिरादेवी राई, शेसुका राई, ऐश्वर्य राई, बक्सिङका राजेन्द्र राई, एथलेटिक्सका भूमिराज राई, मोए थाईकी रमा राई, प्रदिप राई, शारीरिक सुगठनका मुक्तिराज राई रहेका छन् ।
कार्यक्रममा व्यक्तिगत खेल बिकासको लागि बक्सिङकी रोशनी राईलाई दुई हजार र राजेन्द्र राईलाई तीन हजार सम्मान स्वरुप प्रदान गरिएको छ । किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मानित चेस खेलाडी रमा राईले यस्ता सम्मानले खेलाडीको मनोबल बढाउनुको साथै नयाँ पिँडीलाई खेलप्रति प्रोत्साहित हुने बताएकी छिन् । संघको पाँचौ स्थापना दिवस भएकोले पाँच क्यान्डल बालेर प्रमुख अतिथि किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष दिवस राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थापना दिवसमा राई खेलाडी सम्मानित 5
रोशनी राई
स्थापना दिवसमा राई खेलाडी सम्मानित http
मुक्तिराज राई
स्थापना दिवसमा राई खेलाडी सम्मानित 2
भूमिराज राई
स्थापना दिवसमा राई खेलाडी सम्मानित 3
कर्ण बहादुर राई

 

स्थापना दिवसमा राई खेलाडी सम्मानित 4

स्थापना दिवसमा राई खेलाडी सम्मानित 6

स्थापना दिवसमा राई खेलाडी सम्मानित 1 1
मोनालिसा खम्बु
DSC 7427
राजेन्द्र राई

स्थापना दिवसमा राई खेलाडी सम्मानित 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७