नेकपाभित्रको किचलोको अचानोमा संसद : गगन थापा


१८ असार २०७७, बिहीबार

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सत्तारुढ दल नेकपाका नेताहरुबीचको आन्तरिक विवादको शिकार संसदलाई बनाएको जनाएका छन् । ‘संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीभित्रको किचलोको अचानोमा संसद ।’

संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि कांग्रेस सांसद थापाले आग्रह गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका सभामुख अग्नीप्रसाद सापकोटालाई समेत जानकारी नदिन अधिवेशन अन्त्यको निर्णय गरेका थिए । मन्त्रिपरिषद्को सो सिफारिस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोहिअनुसार अधिवेशन अन्त्यको जानकारी संसदलाई गराएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७